|

सोलुखुम्बु : सोलुखुम्बु भ्रमणमा आएका १७ विदेशी पर्यटक एकै सिजनमा ज्यान गुमाएका छन्। असोजदेखि मंसिर सम्मको अवधिमा जिल्लाको मुख्य पर्यटकीय क्षेत्र खुम्बु भ्रमणमा आएका १७ जना विदेशी पर्यटकहरू विभिन्न कारण मृत्यु भएका सोलुखुम्बु प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा जापानका चार र अमेरिकाका  दुईजना रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांकमा उल्लेख छ। त्यस्तै, मलेसिया, भारत, अष्ट्रिया, ताइवानका १–१ जना नागरिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी सालिग्राम शर्माले जानकारी दिए। ज्यान गुमाउनेमा चीन, रसिया, स्पेन, युक्रेन कोरियाका पनि १–१ जना रहेको प्रहरीको भनाइ छ।

मृत्यु हुनेमा १६ जना पुरुष र एकजना महिला रहेको डिएसपी शर्माले जानकारी दिए। केही पर्यटकहरू लडेर मृत्यु भएका छन् भने कति पर्यटकको हाई अल्टिच्युटका कारण ज्यान गएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.