|
खार्पुनाथ गाउँपालिकाको याङ्चुमा ज्यानै जोखिममा राखेर तुइन तर्दै स्थानीय।

सिमकोट (हुम्ला) :  हुम्लाका अधिकांश गाउँका स्थानीय बासिन्दाहरु कर्णाली नदीमा तुइनबाटै आवतजावत गरिरहेका छन्। सदरमुकाम सिमकोटसँगै जोडिएको खार्पुनाथ गाउँपालिकाका गाउँपालिका अध्यक्ष कर्ण रावल भने हरेक दिन गाउँपालिका कार्यालयमा जानका लागि नजिकै रहेको याक्चुबगरको तुइन चढेर जाने गरेको बताउँछन्।

दुर्गम गाउँ खार्पुनाथ गाउँपालिका साबिकको गाउँ थाली, राया कारङ्ग, छिप्रा। माझ, नल्ल र लेख गाउँका बासिन्दाहरु र जनप्रतिनिधिहरू गाउँपालिकाको सेवा लिन हरेक दिन पक्की पुल नुँदा तुइनबाटै आवतजावत गरेको राया-३ निवासी पूर्णबहादुर रोकायाले बताए। याँक्चु बगरमा गाउँपालिका कार्यालय भएकोले याँक्चु बगरमै  पक्की पुल नहुँदा आफू मात्र होइन खार्पुनाथा गाउँपालिका २, थाली३, राया ४ र छिप्रा गरी तीन वडाका पदाधिकारी र स्थानीय बासिन्दासमेत दैनिक दिन तुइनबाटै आवतजावत गरेका  छन्।

कर्णाली नदी बीचमा रहेकोले खोलावारि-पारि समेत आवतजावत पुल नहुँदा गाउँपालिकै लगानीमा तुइनको व्यवस्था गरेको छ।  खार्पुनाथमै रहेको याँक्चुबगर र बोक्चया गौडमा गरी २ वटा तुइनबाटै आवतजावत हुने गरेको छ। सरकारले पक्की पुल निमार्णको अभियान चलाएयता  पनि  हुम्लाका अधिकांश  गाउँमा तुइनकै भरमा एक गाउँबाट अर्को गाउँमा जानुपरेको छ।  विभिन्न निकायलाई पुल निर्माणको माग गरेको भए पनि  अहिलेसम्म नबन्दा तुइनकै भरमा यात्रा गर्न बाध्य भएको  अध्यक्ष रावलले बताए।

कर्णाली नदिसँगै जोडिएको  हुम्ला सर्केगार्ड गाउँपालिका १ तुम्च र मुगुको नेहर गाउँमा पनि तुइनबाटै आउने/जाने गरेको तुम्च गाउँ निबासी मंग मल्लले बताए। हरेक हिसाबले  विवाहदेखि लिएर अन्नपात पशुपक्षी हरेक विषयमा   किनबेच  र आवतजावत गर्नुपर्ने भएकै कारण छिमेकी जिल्लाको गाउँमा जानलाई  तुइनकै भरमा  जानुपर्ने बाध्यता भएको मल्लले  बताए। फलामको लठ्ठा र  काठको फ्ल्याकमा बसेर कर्णाली नदीमाथि वारपार गर्नु निकै जोखिम भए पनि त्यसको विकल्प नभएको मल्लले बताए।

अधिकांश हुम्लीवासीको  तुइन यात्रालाई बन्द गराउने सरकारी निकाया र जनप्रतिनिधिहरूले आश्वासन दियता पनि अहिलेसम्म तुइन हटाउन सकेका छैनन्। गाउँपालिका अध्यक्ष समेतले तुइनकै सहारा लिएपछि अहिले पुल निमार्णको लागि पहिल भइरहेको खार्पुनाथ गाउँपालिका अध्यक्ष रावलले बताएका छन्। चीनको तिब्तको कैलाश मानसरवरबाट बग्ने हुम्ला कर्णाली नदीमै एक दर्जन तुइन संचालनमा आइरहेको छन्। हरेक चुनावमा दलहरुले कर्णाली नदीमा पक्की पुल बनाउने घोषणा गरेता पनि कार्यान्वयन भएको छ। अधिकांश गाउँमा टाढाको बाटो भएर नदी आसपासका गाउँमा जान बाध्य भएका छन्। हिल्सादेखि कवाडीसम्म झण्डै  दुई सय किलो मिटर दुई भूभागमा कर्णाली नदी बगेको भए पनि पुल निर्माण नभएकै कारण जनताहरू तुइनमै यात्रा गर्न बाध्य भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.