|

काठमाडौं : प्रधानन्यायधीशमा सिफारिस चोलेन्द्रशम्शेर जबराविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई समितिमा छलफल भएको छ। समिति सचिवालय सिंहदरबारमा बिहीबार बसेको बैठकमा समिति सदस्यहरुबीच जबराविरुद्ध परेका उजुरीबारे सामान्य छलफल भएको हो। जबराविरुद्ध समितिमा नौवटा उजुरी परेका र उजुरीकर्ताहरूलाई भोली दिउँसो ३ बजे छलफलका लागि बोलाउने निर्णय बैठकले गरेको समिति सदस्य पूर्णकुमारी सुवेदीले जानकारी दिइन्।

प्रधानन्यायाधीशमा सिफारिस जबराबिरुद्ध गएको पुस २ गतेदेखि सार्वजनिक उजुरीका लागि आह्वान गरिएको थियो। संवैधानिक परिषदको बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आउँदो पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन्।

प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध आठ उजुरी, आजै खोलिने
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.