|

संखुवासभा : प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र राजधानी घोषणा अन्तिम चरणमा पुगेको बताएको छन्। संखुवासभाको सदरमुकाम खाँदबारीमा आइतबार भएको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन्।

कानुनमन्त्री मन्त्री कार्कीले माघको दोस्रो सातामा बस्ने प्रदेशको हिउँदे अधिवेशनले प्रदेशले नाम र राजधानीको टुंगो लगाउने दावी गरे। उनले प्रदेशका केही नाम आइसकेको संकेत गर्दे अब ढिलाइ नहुने समेत बताए। पार्टीभित्र तथा बाहिरबाट समेत प्रदेशको नाम र राजधानीको विषयमा चाडै टुंगाउन दवाब आएकाले यो विषयमा ढिला नहुने उनको भनाइ थियो। प्रदेश १ का नागरिकले अब नाम र राजधानीको नाम पाउन धेरै कुर्न नपर्ने दावी उनले गरे।

मन्त्री कार्कीले प्रदेशको नाम र राजधानीको विषयमा अन्य दलहरु सँग समेत सहमति नजिक पुगेको बताए। 'सबै पार्टीको सहमतिमा प्रदेशको नाम र राजधानी टुंगो लाग्छ, सहमति नभए बहुमतले सबैको साझा र छाटो नाम राख्छौँ' उनले भने 'राजधानीको विषय अलि गम्भीर बनेको छ तर मुलुकको राष्ट्रियता र दीर्घकालीन हितलाई हेरेर सहमति मानै राजधानी चाडै तय गछौँ।'

मन्त्री कार्कीले संघीय कानुनको अभावका कारण प्रदेश १ को हिउँदे अधिवेशन प्रभावित भएको बताए। उनले प्रदेश १ सरकारले हाल तीन प्रकृतिका २४ कानुन निमार्ण गरिसकेको बताए। उनले भने 'हामीले दैनिक कार्य सञ्चालनसम्बन्धी कानुन, स्थानीय तहले दैनिक गतिविधि सञ्चालन गर्ने कानुन र केही संरचनागत विकासका लागि कानुन बनाएका छौँ, अब नियमावलि र निर्देशिका बन्छन्।

मन्त्री कार्कीले संघीय सरकारले करिब तीन हजार सात सय कर्मचारी प्रदेशको लागि खटाए पनि प्रदेशमा भने करिब दुई हजार कर्मचारी मात्रै हाजिर भएको बताए। समायोजनका विषयले प्रदेशमा आएका कर्मचारी पनि प्रदेशमा बसेर काम गर्ने मनस्थितिमा नभएको टिप्पणी गरे। दक्ष कर्मचारी नहुँदा प्रदेश सरकारलाई असहज भएको पनि उनले बताए। यस्ता जटिल तथा पेचिला समस्याले प्रदेश सरकारलाई आक्रान्त बनाएको  बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.