|

कञ्चनपुर : जिल्लाको पूर्वपश्चिम राजमार्गको कृष्णपुर नगरपालिका २ वाणी सडक खण्डअन्तर्गत पर्ने मछेली पुलनजिक ८४ वर्षीय नरबहादुर सिंहको से ६ प ६३६५ नम्बरको मोटरसाइलले ठक्कर दिँदा मृत्यु भएको छ। 

कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको सिंह मोटरसाइकलले सोमबार राती ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। घाइते सिंहलाई सेतीअञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएकाे थियाे। उपचारका क्रममा उनकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।  सडक पारगर्ने क्रममा सिंहलाई मोटरसाइकलले ठक्कर दिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.