आजसम्म ५ हजार ६२० ले भरे अनलाइन आवेदन

|

काठमाडौं : प्रदेश र स्थानीय तहमा समायोजनमा जानका लागि अनलाइन आवेदन भर्ने कर्मचारीको संख्या ५ हजार ६२० पुगेको छ। यसअघि उक्त संख्या अत्याधिक देखिएको थियो।

अनलाइन आवेदन भर्ने पोर्टलमा प्राविधिक त्रुटिका कारण यसअघि समस्या समायोजनमा जानका लागि अनलाइन आवेदन दिनेको संख्या अत्यधिक देखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दियो। मन्त्रालयका अनुसार अनलाइनमा 'क्लिक' गरेकाको संख्यासमेत समायोजनमा जानेको संख्यामा जोडिएकाले त्यस्तो भएको हो। जसका कारण २० हजारभन्दा बढी कर्मचारी समायोजनमा जान लागेका समाचार बाहिर आएका थिए। उक्त अनलाइन पोर्टललाई क्लिक गर्नेको संख्या बुधबारसम्म २५ हजार नाघेको मन्त्रालय स्रोतले जानकारी दियो।

उक्त समस्या समाधानपछि अनलाइन आवेदन भर्नेको यकिन संख्या आउन लागेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए। उनले भने, 'यसअघि अनलाइन पोर्टलमा प्रवेश गरेको संख्यालाई नै गणना गरेको रहेछ। प्रवेश गरेर डाटा इन्ट्री गर्ने तर पोस्ट नगर्नेहरूको पनि संख्या गणना भएको रहेछ।' प्रवक्ता अधिकारीले उक्त समस्या समाधान भइसकेको र अबदेखि वास्तविक तथ्यांक मात्रै गणना हुने बताए। 

पुस १३ गतेदेखि समायोजनमा जाने कर्मचारीका लागि अनलाइन आवेदनको आह्वान गरिएको थियो। अनलाइन आवेदनका लागि २१ दिनको समय दिइएको छ। 

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.