|

जनकपुरधाम : बलात्कारको झुठो रिपोर्ट दिएको आरोपमा निलम्बनमा परेका जनकपुरधामका दुई चिकित्सकले अवैद्यानिक रूपमा चेकजाँच गर्दै आएको रहस्य बाहिर आएको छ। बलात्कारको झुठो रिपोर्ट बनाएको आरोपमा नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेका चिकित्सकहरूको व्यवसायिक प्रमाणपत्र जफत गरिए पनि उनीहरूले अवैधानिक रुपमा बिरामी चेकजाँच गर्दै आएको रहस्य बाहिर आएको हो।

जनकपुरधाम अञ्चल चिकित्सक डा. विजय कुमार सिंह र डा. रम्भा गोइतलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरी व्यवसायिक प्रमाणपत्र जफत गरेर बिरामीको चेकजाँचमा रोक लगाए पनि उनीहरूले खुल्लेयाम रुपमा बिरामी चेकजाँच गर्दै आएको छन्। जनकपुरधामको अञ्चल अस्पताल रोडमा डा. सिंह र डा. गोइतले आफ्नो नामको पर्चा तथा साइनबोर्ड प्रयोग गर्दै काम गर्दै आइरहेको पाइएको हो।

यसैगरी डा. विजय कुमार सिंहको नभएको बेलामा उनको नाम र साइनबोर्ड प्रयोग गर्दै डा. जियाउल हक र डा. रम्भा गोइतको स्थानमा डा. विनिता मानन्धरले चेकजाँच गर्दै आएको स्रोतको दाबी छ। जनकपुरधाम अञ्चल अस्पतालको अगाडि रितु मेडिकल हालमा डा. सिंहले र डा. गोइत मोहन मेडिकल हालमा बोर्ड लगाएर बिरामीको उपचार गर्दै आएको पाइएको हो।

यसरी कारवाहीमा परेका डाक्टरको नाममा दिनहुँ सयभन्दा बढी बिरामीलाई झुक्याउँदै स्वास्थ्य सेवासँग खेलवाड गर्दै आएको बिरामी चेकजाँच गराउन आएका महोत्तरी जिल्लाको औरही नगरपालिकाका वीजेन्द्रप्रसाद यादवले बताए। उनले भने, ‘यहाँ डा. विजय कुमार सिंहसँग बिरामी चेकजाँचको लागि आएँ तर क्लिनिकवालाले अर्कै डाक्टरसँग देखाएउन लगाए।’

यता प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले कारवाहीमा परेका चिकित्सहरूको नाम र साइनबोर्ड प्रयोग गरी अवैधानिक काम तत्काल रोक्ने आवश्वासन दिए। उनले कारवाहीका लागि सम्बन्धित नियमिक निकाय जिल्ला जनस्वास्थ्य कार्यालय र अस्पतालका मेडिकल सुप्रिटेन्डेन्टसँग सम्पर्क गरी प्रक्रिया अगाडि बढाइने बताए।

तीन महिना पूर्व धनुषाको जनकनन्दनी गाउँपालिकाकी एक १२ वर्षकी बालिकाको स्वास्थ्य परीक्षण रिपोर्ट झुठो दिएको ठहरेपछि उनीहरूलाई नेपाल मेडिकल काउन्सिलले निलम्बर गर्नुको साथै व्यवसायिक प्रमाणपत्र जफल गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.