|

कालिकोटः जिल्लाको पलाँता गाउँपालिका–१ खाँडाका अग्नीपीडितलाई ग्लोबल आइएमई बैंकले सामाजिक उत्तरदायित्वअन्रतर्गत राहत वितरण गरेको छ। ८७ थान डबल बलाङकेट बेड, ज्याकेट, बिद्यार्थीलाई कपडा र शैक्षिक सामग्री वितरण गरेको हो।

आगलागीबाट गाउँ नै पीडित तथा घरबारविहीन भएकोले  यस ग्लोबल आइएमई बैकंको सामाजिक उत्तरदायित्वअन्तर्गत राहत बितरण गरिएको, भएको धनजन तथा क्षतिको गहिरो दुख ब्यक्त गर्दै पिडितहरुलाइ राहत स्वरुप ५ लाख बराबरको बिभिन्न राहत सामाग्री उपलब्ध गराएको ग्लोबल आइएमई बैकं कालिको६ शाखाका शाखा प्रबन्धक काशीराज भण्डारी बताए। ‘बैंकको सामाजिक उत्तरदायित्व अन्‍तर्गतको कोषबाट राहत बितरण गरिएको हो।’ उनले भने,‘यसबाट भएको क्षतिप्रति बैंक निकै दुःखी छ।’

८७ थान बाकस, ८७ थान ब्लाङकेट र बेड, जुत्ता, मोजा, बिद्यार्थीलाई कपडा लगाएतका अन्य सामग्री बितरण गरिएको कर्णाली जनाधिकार मंन्च का अध्यक्ष प्रकाश रोकायाले बताए। ‘बैंकको सहयोगमा राहत बितरण गरिएको छ।’ उनले भने,‘यो नै सबैभन्दा ठूलो राहत सामग्री हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.