|

उदयपुर : उदयपुरगढी गाँउपालिका–७ को चुरे वस्ती सञ्चालित दुई दिने घुम्ती शिविरबाट ७२७ जनाले सेवा लिएका छन्। जिल्ला प्रशासन कार्यालय, उदयपुरले हाडेबासमा शुक्रवार र शनिबार सञ्चालन गरेको एकीकृत घुम्ती शिविर उक्त संख्या सर्वसाधरणले सेवा लिएका हुन्।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीका अनुसार शिविरमा ३६७ जनाले नागरिकताको प्रमाणपत्र, ३६० जनाले फोटोसहितको निर्वाचन नामावलीमा नाम दर्ता गराएका छन्। शिविरमा वडा नम्बर ४ का एक, वडा नम्बर ५ का पाँच, वडा नम्बर ६ का ५९ जना र वडा नम्बर ७ का ३०० जनाले नागरिकताको प्रमाणपत्र लिएका छन्। 

‘चुरे क्षेत्रमा पर्ने यस क्षेत्रका यति धेरै नागरिकहरुले नागरिकताको प्रमाणपत्र लिन बाँकी रहेछ,’ प्रुमुख जिल्ला अधिकारी कार्कीले भने, ‘अशक्त, अपाङ्गता भएका र महिलाहरु जो उनीहरुलाई नागरिकताको काम नै नपरेर नागरिकता नलिएका व्यक्तीहरुलाईलाई नागरिकता प्रदान गरिएको छ।’

शिविरबाट नागरिकता प्राप्त गरेका ७१ वर्षीय गोकुलबहादुर मगरले खुशी व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.