|

धनकुटा : धनकुटाको साँगुरीगढी गाँउपालिका १ फलामेटारस्थित एक घरमा आइतबार दिउँसो आगलागी भएको छ। दिउँसो स्थानीय पूर्णबहादुर लिम्बूले आफ्नो कुखुरा फर्मलाई तापक्रम दिने क्रममा आगो अनियन्त्रित भई घरमा पुगेको हो।

आगलागिबाट लिम्बूको जस्ताले छाएको दुई तले कच्ची घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट घरमा रहेका लत्ताकपडा, भाडाकुँडासहित कुखुरा फर्म, गाइगोठ पूर्णरूपमा जलेका छन् भने केही कुखुरासमेत मरेका छन्। आगलागीबाट फर्ममा झन्डै १७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.