|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आगामी सम्मेलनबारे छलफल गर्न उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेका छन्। चीनका राष्ट्रपति  सि जिन पिङको निमन्त्रणामा उन चीन पुगेका हुन्।

श्रीमती रि सोल जुसँगै नेता किम  बख्तरबन्द रेलमा बेइजिङ पुगेका हुन्। तीन दिने भ्रमणका क्रममा अमेरिकासँग हुने वार्ताको मस्यौदा माथि छलफल हुने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

 यस अघि पनि  अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटअघि  नेता किमले बेइजिङमा राष्ट्रपति सि जिनपिङसँग छलफल गरेका थिए।  अमेरिकाले समेत सम्मेलनअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जेय इनसँग भेटेर रणनिति तय गर्ने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले उल्लेख गरेको छ। 

उत्तर कोरियाको मुख्य व्यापारिक साझेदार चीन प्रमुख कुटनीतिक साझेदार समेत हो। अमेरिका र उत्तर कोरियाली नेताबीचको वार्ता छिट्टै हुने भनिए पनि समय र स्थान तय भइसकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.