|

सुनसरी : राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले तेह्रौ साफ खेलकुद प्रतियोगिता विकेन्द्रीकरण गरेर गर्ने बताएका छन्। इटहरी रंगशाला परिषरमा निर्माण हुन लागेको टेबल टेनिस एकेडेमी भवनको शिलान्यास कार्यक्रममा बोल्दै विष्टले केन्द्रिकृत रुपमा नभएर देशमा प्रमुख शहरमा साफ गेमका विभिन्न प्रतियोगिता आयोजना गर्ने जानकारी दिएका हुन्।

विगतमा काठमाडौं उपत्यकामा मात्र आयोजना गरिँदै आएको साफ गेमका विभिन्न प्रतियोगिता यस वर्षदेखि इटहरी, पोखरा, जनकपुर, वीरगञ्जलगायतका अन्य प्रमुख शहरसम्म लैजाने बताए। १३औँ साफअन्तर्गत इटहरीमा ब्याडमिण्टनको प्रतियोगिता आयोजनाको लागि तयारी भइरहेको बताउँदै विष्टले अन्य कुन शहरमा कुन प्रतियोगिता गराउने भन्ने विषयमा छलफल भइरहेको बताए। 

आफू सदस्य सचिव भएको यो अवधीमा खेलकुदमा ५० वर्षमा नभएको विकास अहिले भएको दाबी गरे। आफू सदस्य सचिव हुनुभन्दा पहिले २ लाख पुरस्कार राशिको गोल्डकप हुने गरेको बताउदै विष्टले अहिले २१ लाख पुरस्कार राशिका गोल्डकपहरू हुन थालेको बताए। सबै गोल्डकपका पुरस्कार राशि बढाउन राखेपले ठूलो योगदान गरेको विष्टको भनाइ छ।

कुनै पनि गोल्डकप घाटामा नगएको बताउँदै बिष्टले पारदर्शी र विवादरहीत ढंगले काम गर्न खेलकुदकर्मीलाई निर्देशनसमेत दिए। ३५ लाखको लगानीमा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको एकेडेमी भवनको लागि राखेपले ३० लाख उपलब्ध गराउने र बांकी ५ लाख उपभोक्ता समितिमार्फत् उठाउने विष्टले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.