|

दैलेख : जिल्लाको नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरले आफूलाई कुटपिट र मानसिक यातना दिएको भन्दै उनकी पत्नी ४२ वर्षीया दिलमाया बुढाले जिल्ला अदालत दैलेखमा बिहीबार घरेलु हिंसा मुद्दा दर्ता गराएकी छन्।

नौमूले गाउँपालिका ३ द्वारी घर भएका नौमूले गाउँपालिकाका निर्वाचित अध्यक्ष ४३ वर्षीय मगरले आफूमाथि पुस ११ गते कुटपिट गरेको भन्दै दिइएको उजुरीमा उल्लेख गरिएको छ। उता गाउँपालिकाका अध्यक्ष मगरले कोही अरुले उचालेको र कसैको लहलहैमा लागेर उजुरी पर्‍यो होला कानुनी प्रक्रियामा गएकोले हिंसा भए नभएको अदालतले बताउने बताएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.