समाज : सुरक्षा/अपराध

हुसेनको हत्यामा संलग्न तीन जना सार्वजनिक
SHARES

पुस २६, २०७५

    सुनसरी : दुहबी नगरपालिका–९ का फिदा हुसेनलाई गोली हानी हत्या गर्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा बिहीबार पत्रकार सम्मेलन गरेर फिदा हुसेनको गोली हानी हत्या गरेका तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

    फिदा हुसेनको हत्याको मुख्य योजनाकार मानिएका दुहबी नगरपालिका–९ छाताबेलीका २८ वर्षीय मोहम्मद सकिम हुसेन, हत्याको योजनामा संलग्न तथा सहयोगी ३१ वर्षीय मोहमद जाविर हुसेन र हत्यामा प्रयोग भएको हतियार लुकाउनका लागि सहयोग गरेका लक्ष्मीनारायण मन्दिरका पुजारी दुहबी नगरपालिका–१२ सीतापुर बस्ने विशम्वर यादवलाई पक्राउ गरी सार्वजनिक गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।

    मोहम्मद सकिम हुसेनलाई घर नजिकै हिँडिरहेका अवस्थामा पक्राउ गरिएको थियो र जाविर हुसेनलाई कोशी गाउँपालिका–८ भण्टाबारीबाट र लक्ष्मीनारायण मन्दिरका पुजारी यादवलाई घरबाट बुधबार पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए।
    त्यसैगरी हत्या गरेकोमध्ये एक जना मुसरी भने दुहबी नगरपालिका– ९ का २२ वर्षीय जफर मियाँलाई बाँकै प्रहरीको सहयोगमा पक्राउ गरी सुनसरी ल्याई रहेको सुनसरीका प्रहरी उपरीक्षक अधिकारीले बताए। पक्राउ परेकाको बयानका आधारमा फिदाको हत्यामा प्रयोग गरेको कटुवा पेस्तोल खोकासहितको एक थान, उक्त पेस्तोलमा लाग्ने गोली दुई थान र डाइगर (चक्कु) एक थानसमेत बरामद गरेको प्रहरीले जनाएको छ।

    हत्यापछि दुहबी नगरपालिका–१२ मा रहेको लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको नरिवलको बोट नजिक गाडेर राखेको अवस्थामा हतियार बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक अधिकारीले बताए। हत्यामा संलग्न पक्राउपश्चात् बयानका क्रममा हत्या सुनियोजित र रिसइवीका साथै आर्थिक लेनदेनका कारण भएको खुलेको सुनसरीका प्रहरी प्रमुख अधिकारीले जानकारी दिए। हत्यामा अन्यको समेत संलग्नताको आशङ्कामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    पक्राउ परेकालाई जिल्ला अदालत सुनसरीमा चार दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ। हुसेनलाई मङ्सिर ५ गते बिहान जयबाबा इँटा उद्योग नजिकैको नहरको डिलमा गोली हानी हत्या गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]