|

विराटनगर : पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्यले अर्थव्यवस्थाको कमजोर अवास्थाका कारण देश गम्भीर संकटमा फसेको बताएका छन्। अर्थतन्त्रको सूचकहरूले देश आर्थिक संकटतर्फ उन्मुख भएको देखाएको आचार्यको टिप्पणी छ।

नेपाल प्रेस युनियन मोरङले शनिबार विराटनगरमा आयोजना गरेको आर्थिक नीति र अहिलेको कार्यदिशा विषयक अन्तरसम्वाद कार्यक्रममा आचार्यले भने,‘राष्ट्र बैंकले पछिल्लो समय प्रस्तुत गरेको आर्थिक सूचकले नै यो कुरा प्रस्ट गरिदिएको छ।’ 

आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको बढ्दो स्वेच्छाचारिताका काण मुलुकले चाहे जस्तो आर्थिक उन्नति हासिल गर्न निकै कठिन हुने बताए। उनले भने,‘प्रधानमन्त्री कार्यालयमा धेरै क्षेत्रको अधिकार एकीकृत गरेर परियोजना चलाउन खोज्नु र लगानी सुहाउँदो वातावरण नबाउनुले आर्थिक वृद्धि निकै कठिन छ।’ आचार्यले कृषि र पर्यटन क्षेत्रमा लगानी बढाई  रोजगारी सिर्जना नगरुञ्जेल समग्र आर्थिक विकास सम्भव नहुने बताए। प्रधानमन्त्रीले कर्मचारीतन्त्र, प्रेस र सेवानिवृत्तहरूलाई समेत तर्साउने गरी अभिव्यक्ति दिनु अनुचित भएको टिप्पणी गरे।

सरकार मात्र आर्थिक क्षेत्रको खेलाडी नभएको बताउँदै निजी र सामुदायिक क्षेत्रको सामुहिक आर्थिक गतिविधिबाट मात्र उच्च आर्थिक वृद्धि प्राप्त हुने बताए। उनले भने,‘तरअहिलेको दुई तिहाईको सरकारको गतिविधि स्थिरताभन्दा अस्थिरता उन्मुख छ।’ सरकार, निजी र सामुदायिक क्षेत्रको संयुक्त आर्थिक प्रयासलाई रोक्ने गरी प्रधानमन्त्री स्वयंले उल्टो आर्थिक गतिविधिलाई टेवा दिएको आचार्यको आरोप छ। उनले अर्थतन्त्र निकै कमजोर अवस्थातर्फ जाने थालेको आर्थिक परिसूचकहरूले नै प्रस्ट गरेको टिप्पणी गरेका छन्। उनले भने,‘सरकारले उद्योग, व्यवसाय चलाउने होइन्। बरु समन्वयकारी भूमिका खेल्ने हो।’

सरकारले भनेजस्तो  १० प्रतिशत उच्च आर्थिक वृद्धि प्राप्त गर्न अर्बौ लगानी आवश्यक पर्ने भएकोले यसको जोहो देशभित्रबाट मात्र सम्भव नभएकोले विदेशी लगानी अपरिहार्य भएको बताए। अहिले निजी क्षेत्रले लगानी गर्ने वातावरण नभएको र करको भार बढाइएको विषयमा ध्यानाकर्षण गराउँदासमेत सरकारबाट खासै सकारात्मक सन्देश नआउँदा अन्योल बढेको बताए।

सरकारको पछिल्लो चार महिनाको खर्च हेर्दा आर्थिक सूचकहरू निकै कमजोर भएको संकेत दिएको बताउँदै आचार्यले २९ अर्बको निर्यात र  ४८५ अर्बको आयातले व्यापार घाटा झन् चुलिनु अर्थतन्त्रका लागि खतरा भएको बताए। नेता आचार्यले भने,‘सरकारको खर्च गर्न सक्ने क्षमतामा ह्रास आएको छ। तीन तहको सरकारले समेत जम्मा ८.५ प्रतिशत मात्र खर्च गरेको छ।सरकारको ढुकुटीमै पैसा थन्किएको छ। बैंकहरूसँग लगानीयोग्य रकम छैन।

विकास खर्च हुन सकेको छैन्।’ नेता आचार्यले शोधानान्तर घाटाको अहिलेको अवस्था थेग्न सक्ने अवस्था नभएको र देश संकटतर्फ जाने खतरा बढेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.