|

काठमाडौंः भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेजलाई सामुदायिकबाट व्यक्तिगत कलेजमा रुपान्तरण गरिएको खुलासा भएको छ। संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत सांसद योगेश भट्टराईको संयोजकत्वमा गठन भएको उपसमितिले समितिमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक कलेजलाई प्रा लिका रुपमा दर्ता गरिएको जानकारी गराएको हो।

कलेजमा आर्थिक अनियमितता लगायतका विषयमा विवाद भएपछि समितिले भट्टराईको संयोजकत्वमा छानबिन उपसमिति गठन गरेको थियो। कलेजका तत्कालीन अध्यक्ष लुम्बध्वज न्यौपानेले आफ्नो कार्यकालमा कलेजलाई आफ्नो नाममा बनाएको खुलेको हो। उनले २०७४ वैशाख २५ गते कलेजलाई आफ्नो नाममा बनाएको उपसमितिले जनाएको छ। आइतबार बसेको समितिको बैठकमा उपसमितिले प्रतिवेदन प्रस्तुत गरेको हो।

साथै उपसमितिले आर्थिक अनियमितता छानबिन गर्न समिति गठन गर्न समितिलाई सुझाव दिएको छ। उपसमितिले उक्त कलेजलाई पोखरा विश्वविद्यालय अन्तर्गत राख्न पनि सुझाव दिएको छ। साथै आर्थिक अपचलनको अनुसन्धान र कलेज सञ्चालनको मोडालिटी तयार गर्नुपर्ने लगायतका सुझाव पनि उपसमितिले दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.