|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका सांसदले वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमिततामा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम आएकोबारे सत्यतथ्य सार्वजिनक गर्न माग गरेका छन्।

नेकपाका सांसद यज्ञराज सुनुवारले वाइडबडी विमान खरिद प्रकरणमा भएको घोटलामा कांग्रेस सभापति देउवा प्रधानमन्त्री भउको बेला पनि अनियमितता भएको भन्ने कुरा सार्वजनिक भएको भन्दै त्यसबारे संसदलाई सत्यतथ्य जानकारी दिन सरकारसँग माग गरेको छ।

सुनुवारले भने, 'वाइडबडी प्रकरणमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको नाम पनि जोडियो। यो सत्य के हो? जनता जान्न चाहान्छन्।' उनले प्रतिनिधिसभाको लेखा समितिले गठन गरेको उपसमितिको प्रतिवेदनमा बहालवाला पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरू र मन्त्रालयका वहालवाला सचिव र पूर्वसचिवहरू तथा वायुसेवा निगमका पदाधिकारीको संलग्नता रहेकोले चर्चा पाएका बेला केही व्यक्तिको नाम किन हटाइयो? भनेर पनि प्रश्न गरेका थिए।

उपसमितिको प्रतिवेदनबाट हाल गृहसचिव रहेका प्रेम राईको नाम हटाइएकोबारे सांसद सुनुवारले चासो व्यक्त गरेका हुन्।

पढ्नुहोस्ः

वाइडबडी विमान खरिद अनियमिततामा जोडिए कांग्रेस सभापित देउवा 

'राष्ट्रपतिलाई १८ करोडको गाडी र डेढ अर्बको हेलिकोप्टर चढाएर लोकतन्त्र बलियो हुँदैन' 

सांसदहरूको प्रश्न - हाम्रो तलब निजी र विदेशी लगानीको बैंकबाट किन पठाएको?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.