|

काठमाडौं : लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी बर्दीबासका २४ बर्षीय मुकेशकुमार यादब र झापा शिव सताक्क्षी नगरपलिका - ३ का २५ बर्षीय बिक्रम माझी रहेका छन्। उनीहरुको साथबाट प्रहरीले चार ग्राम खैरो हेरोइन बरामद गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई आइतबार सिनामंगलबाट पक्राउ गरेको हो।

पक्राउ गरिएकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.