|
File Photo

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वाइडबडी विमान खरिद प्रकरणमा तानिएका सबैलाई छानबिनको दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सो प्रकरणमा मुछिएको टिप्पणी सत्तारुढ दलकै सांसदहरूले गर्न थालेपछि सत्तारुढ नेकपाका नेता भट्टराईले सो प्रकरणमा तानिएका जोकोहीलाई पनि छानबिनको दायरामा ल्याउन सरकारसँग माग गरेका हुन्। उनले सो प्रकरणबारे यथार्थ छानबिन गर्न पूर्वाग्रह राखिरहन नपर्ने पनि स्पष्ट पारे। 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी छानबिनको क्रममा दोषी देखिए कार्वाही हुने नेता भट्टराईको भनाई छ। वाइडबडी विमान खरिद प्रकरणमा ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको र त्यसमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीको पनि संलग्नता रहेको उल्लेख गर्दै संघीय संसदको सार्वजनिक लेखा समितिले कार्वाहीका लागि सरकारलाई निर्देशन दिएको थियो।

नेता भट्टराईले सोही विषयमा यथार्थ छानबिन गर्न प्रमुख प्रतिपक्ष दलका नेता देउवाको आग्रहमा सरकारले छानबिन आयोग नै गठन गरेको पनि स्पष्ट पारे। आइतबार संघीय संसद भवन परिसरमा संचारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले नेपालमा अन्तर्राष्ट्रिय लगानी आउन नदिने षड्यन्त्रअन्तर्गत वाइडबडी विमान खरिद प्रकरणलाई उचालेको हुन सक्ने आशंका गर्दै सचेत रहन पनि सम्बन्धित पक्षलाई आग्रह गरे।

नेता भट्टराईले वाईडबडी विमान खरिद प्रकरणको विषयलाई लिएर आफ्नो पार्टीले कसैप्रति पूर्वाग्रह नराख्ने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.