|

काठमाडौँ : उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौँको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको छ।

शनिबार काठमाडौँको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस थियो। मौसमविद समीर श्रेष्ठकाअनुसार रातको समयमा आकाश खुला भए तापक्रम घट्ने र बदली भए तापक्रम बढ्ने हुन्छ। 'केही दिन तापक्रम घटबढ भइरहनेछ' उनले भने। आंशिक प्रभावका कारणले देशको पूर्वी तथा मध्य भू-भागमा सामान्यदेखि पूर्णतया बद्ली भई केही क्षेत्रमा हल्का वर्षा हुने र उच्च हिमाली भू-भागमा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

पश्चिमी क्षेत्रमा आंशिक रुपमा बदली भई एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ। राति देशको पूर्वी भू-भागका केही स्थानमा तथा मध्यपहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै सोमबार पूर्वी पहाडी भू-भागमा आंशिक बद्ली भई बाँकी भू-भागमा मौसम सफा रहनेछ। मंगलबार पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.