|

चितवन : देवघाटस्थित कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा नवलपुरका २७ वर्षीय अमित भनिने चित्रबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ।

उनी देवघाट–५ गैंडाकोट, तनहुँस्थित कालीगण्डकी नदीमा  मंगलबार बिहान साढे ९ बजे पौडी खेल्ने क्रममा  बेपत्ता भएको प्रहरीले जनाएको छ।

बेपत्ता युवकको सशस्त्र प्रहरीको टोलीले खोजीकार्य जारी राखेको घट्नास्थलमा रहेका प्रहरी नायब निरीक्षक कविन्द्र गुरुङले जानकारी दिए। उनले साथीलाई मोबाइल र कपडा न दी किनामा राखेर पौडी खेल्न गएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.