|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय मातहत अध्यापन गर्ने २५ प्राध्यापकलाई बर्खास्त गरिएको छ। त्रिविका आंगिक क्याम्पसमा पढाउन छाडेर निजीमा बढी समय दिएको भन्दै उनीहरू बर्खास्त भएका हुन्।

प्राध्यापन क्षेधमा सरकारी कोटामा रहेर बाहिर बढी समय पढाउने प्राध्यापकलाई 'हेल्मेट प्राध्यापक'को रूपमा चिनिन्छ।

राजधानी दैनिकमा समाचार छ, लगातार ९० दिनसम्म क्याम्पसमा उपस्थित नभएपछि उनीहरूलाई बर्खास्त गरिएको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको छ। विश्वविद्यालयअन्तर्गत देशभर ६१ आंगिक क्याम्पस छन्।

पछिल्लो एक वर्षमा ४० शिक्षक र कर्मचारीलाई सेवाबाट हटाइएको हो, जसअन्तर्गत २५ शिक्षक र १५ कर्मचारी छन्। बर्खास्त हुनेमा उपप्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक र प्राध्यापक छन्। त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी पिनयम २०५० मा लगातार ९० दिनसम्म क्याम्पस वा कार्यालयमा उपस्थित नभए सेवाबाट बर्खास्त गर्नसक्ने उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.