|

कालीकोट : पचालझरना गाउँपालिकाले भेडाबाख्रा पालन गर्ने किसानलाई मासिक भत्ता दिने निर्णय गरेको छ। न्युनतम ६० वटा भेडाबाख्रा पालन गर्ने किसानलाई मासिक भत्ता दिने निर्णय गरेको हो। 

निर्णयअनुसार ६० वटा पालन गर्नेलाई मासिक एक हजार र १०० वटाभन्दा माथि पाल्ने किसालाई मासिक दुई हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने गाउँपालिकाको तेस्रो गाउँसभाले निर्णय गरेको गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिए। ‘किसानलाई पशुपालन व्यवसायमा आकर्षित गर्न भत्ताको व्यवस्था गरिएको हो,’ उनले भने, ‘यसले बेरोजगार युवालाई पशुपालन गर्न आक्रर्षित गर्नेछ।’

किसानलाई प्राहोत्सान गर्नका लागि पशुपालन नीति तय गरिएको बताइएको छ। पशुपालन गर्न चाहने किसानहरुलाई सहुलियतमा ऋण दिने र विपन्न परिवारलाई रोजगार दिलाउन अनुदान व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष सेजुवालको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.