|

काठमाडौं : स्थानीयको अवरोधका कारण लामो समयदेखि अन्योलमा परेको काठमाडौंको चोभारस्थित सुख्खा  बन्दरगाह शिलान्यासका क्रममा बिहीबार स्थानीबासी र प्रहरीबीच झडप भएको छ।

शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ‌ओली  चोभार पुगिसकेका छन्। प्रधानमन्त्री ओली कार्यक्रमस्थल पुग्नुअघि केहीसमय स्थानीयहरुले आफ्ना माग पूरा नभएको भन्दै शिलान्यास अवरोध गर्ने प्रयास गरेपछि प्रहरीले बिहानैदेखि पक्राउ गरेको छ। संघर्ष समिताका संयोजक पञ्‍चलाल महर्जनका अनुसार स्थानीय ज्ञानेन्द्र महर्जन, दीपक महर्जन, मिलन खड्कालागयत एक दर्जन पक्राउ परेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्थानीयवासीले उठाएका मागलाई अध्ययन गरी पूरा गर्ने प्रतिवद्धता जनाएकाले विरोध गर्न आवश्‍यक नरहेको जनाएको छ। मन्त्रालयका सहसचिव रविशंकर सैंजुले स्थानीयवासीका माग पूरा गर्ने गरी सुख्खा बन्दरगाहको निर्माण कार्य अगाडि बढाउन लागिएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.