|

भोजपुर : भोजपुरको पूर्वी दक्षिणी सानोदुङमामा जन्मिएकी अल्ट्रा धाविका मीरा राईको सम्मानमा भोजपुरमा चौँथो भोजपुर 'ट्रेल रेस' हुने भएको छ। अल्ट्रा धाविका मिरा राईको सम्मानमा भोजपुरबाट सानोदुम्मा र सानोदुम्माबाट भोजपुर ३६ किलोमिटरको चौथो ट्रेल रेस फागुन ४ मा हुने भएको हो।

फागुन ४ मा हुने ट्रेल रेसमा युके, सिंगापुर, फ्रान्स, हङकङ, दुई  युरोपियनस् गरी ८ देशका खेलाडी सहभागी हुने भएको नेपाल ट्रेल मेनेजर प्रिती खत्रीले बताइन्। रेसमा आठ देशसँगै नेपालका ३०० खेलाडी सहभागी हुने खत्रिले बताइन्। चौँथो ट्रेल रेस मीराको इच्छा अनुसार यो ट्रेल रेसलाई इन्टरनेश्नल व्राण्ड बनाउने, इन्टरनेश्नल खेलाडीलाई ल्याउने र भोजपुरमा पनि ट्रेल रेसको इन्टरनेश्नल स्तरीय रेस गराउने उद्देश्यका साथ उक्त रेसको आयोजना गरेको रिमाचुङ स्पोटर्स एजुकेशन एकेडेमीका अध्यक्ष पाविहाङ राईले बताए।

पछिल्लो समय सडक संजालको नाममा जिल्लामा भएका पद मार्गहरू ध्वस्त पारेको कारण ट्रेल सेर गराउन पदमार्गको अभाव भएको र रेसको लागी पदमार्ग भने टुंगाे लागि नसकेको अध्यक्ष राईले भनाइ छ। यस्तै २० वटा देशमा रेस सम्पन्न गरिसकेकी मिरालेआगामी वर्ष भोजपुरमा अन्तर्राष्ट्रिय स्तरको व्यवस्थित ट्रेल रेस गराउने योजना रहेको बताईएको छ।

रिमाचुङ स्पोर्ट्स एजुकेशन एकेडेमीको भोजपुरमा वर्षमा तीन वटा रेस गराउने लक्ष्य राखेको  एकेडेमीका अध्यक्ष राईले बताए। तीन वटा रेस मध्ये स्काई रेस, लङ अल्ट्रा रेस र ट्रेल  रेस रहेको राईले बताए। 'नेपालमा पर्यटक भित्र्याउन जुन सरकारको योजना छ तर पर्यटक भित्र्याउनका लागि भएका प्राकृतिक संरचना ध्वास्त भइरहेकाले यस्तो प्रकारका विकासले पर्यटक भित्रने हैन घट्दै जान्छ।' अध्यक्ष राईले भने, 'यस्ता पद मार्गलाई संरक्षण गर्नु राज्यको दायित्व भएको भन्दै पर्यटकीय स्थलहरुमा सडक विस्तार नगरी पदमार्गलाई व्यवस्थित बनाईनु पर्छ।'

यता रेसको लागि पदमार्ग सडक विस्तारको नाममा ध्वस्त हुदा ट्रेल रेस गराउन समस्या भएको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार १०० प्रतिशतमा दश प्रतिशत मात्र मोटरवाटो मान्य रहेको र अन्य बाकी ९० प्रतिशत पदमार्ग नै प्रयोग गर्नु पर्ने प्रावधान रहेको नेपाल ट्रेल रेसका मेनेजर खत्रीले बताइन्। मेनेजर खत्रीका अनुसार पर्यटकहरू सडक संजालबाट हिड्न भन्दा पनि पदमार्ग प्रयोग गरी गन्तव्य स्थानमा पुग्न र घुमफिर गर्ने भएकाले पर्यटकीय स्थलमा सडक नपुर्‍याई पदमार्गलाई संरक्षण गरी व्यवस्थित बनाउनतर्फ लाग्नु जरुरी छ।

खेलकुद विकास समितिका उपाध्यक्ष सरोज बस्नेतले पछिल्लो समय मानिस प्रकृतिसँग रमाउने भएकाले भएका पर्यटक स्थलहरूमा सडक भन्दा पनि पदमार्गहरूलाई नै व्यवस्थित बनाउनतर्फ लाग्नु पर्ने बताए। बस्नेतले भोजपुरमा अन्तर्राष्ट्रिय खेलाडी ल्याई ट्रेल रेस गराउनु भोजपुर बासीको लागि ठूलो सौभाग्य भएको बताउँदै खेलकुद विकास समितिको तर्फवाट सक्ने सहयो गर्ने समेत प्रतिबद्धता व्यक्त गरे।

फागुनमा हुने रेस केही डोनर र शुभेच्छुकको आर्थिक सहयोगमा हुन लागेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.