|

पीएसजीले गुइनग्याम्पलाई ९–०ले हराएको छ। फ्रेन्च लिग वनमा गएराति भएको खेलमा पीएसजीका दुई खेलाडीले  ह्याट्रिक गरे।  पीएसजीका केलियन एम्बाप्पे र इडिन्सन कभानीले ह्याट्रिक पूरा गरे भने गरे भने नेइमारले दुई गोल गरे।

खेलको ११ औं मिनेटमा नेइमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। ३७ औं र ४५ औं मिनेटमा एम्बाप्पेले गोल गरेपछि पीएसजीले पहिलो हाफअघि ३–० को अग्रता लियो। लिग तालिकाको पुछारमा रहेको गुनग्याम्पले दोस्रो हाफमा ६ गोल खायो । 

५९ औं मिनेटमा कभानीले गोलको खाता खेले। ६६ औं मिनेटमा कभानीले ब्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले ५–० को अग्रता लियो। त्यसको दुई मिनेटपछि नेइमारले पनि ब्यक्तिगत दोस्रो गोल पूरा गरे । ७५औं मिनेटमा कभानीले ह्याट्रिक गर्दा पीएसजीले ७–० को अग्रता लियो।

८०औं मिनेटमा कभानीको पासमा गोल गरेपछि एमबाप्पेले पनि ह्याट्रिक पूरा गरे भने पीएसजीले ८–० को अग्रता लियो। ८३औं मिनेटमा थोमस मुनिरले गोल गरेर पीएसजीलाई ९–० को जित दिलाए। त्यस्तै शनिबार नै भएको अर्को खेलमा मोनाकोले स्टारबर्गलाई ५–१ ले हरायो। फ्रेन्च लिग वानमा १९ खेल खेलेको पीएसजीको ५३ अंक रहेको छ। उ लीग तालिकाको शीर्ष स्थानमा रहेको छ भने २१ खेल खेलेको लिले ४० अंकका साथ दोस्रो स्थानमा रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.