|

भोजपुर : ग्यास पड्किँदा भोजपुर जिल्लाको सदरमुकाम भोजपुरबजारमा भीषण आगलागी भएको छ। 

आइतबार साँझ पाँच बजे बजारको भोटेपसलस्थित निलम ज्वेलर्समा ग्यास पड्केपछि बजारमा आगो लागेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राधा पराजुलीका अनुसार आगलागीबाट १५ भन्दा बढी पसल तथा स्थानीय बासिन्दाको घर जलेको छ। 

भोजपुर नगरपालिकाको एकमात्र वारुण यन्त्रको मद्दतमा करिव दुई घण्टामा आगो नियन्त्रण गरिएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीले आगो निभाएका छन्। 

आगो निभाउने नसकेपछि डोजरले केही घर तथा पसल भत्काइएको थियो। बजारको विद्युतीय सेवा बन्द गरिएको छ। खानेपानीको पाइपलाइन काटेर आगो निभाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.