|
पत्रकार सम्मेलनमा डा. आइपी चेरियन

  • अर्जुन आचार्य-

विराटनगर : विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सुविधा सम्पन्न न्यूरो सर्जरी आइतबारदेखि सुरु गरेको छ। अस्पतालले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी न्यूरो अपरेसन थिएटर, न्यूरो आइसियु, एचडियु, न्यूरो वार्ड, न्यूरो ओपीडी र फिजियोथेरापी/रिहाविलिटेसन जस्ता पूर्वाधारसहित न्यूरो सेवा सर्जरी सुरु गरेको जानकारी दिएको हो।

न्यूरो सर्जरी सेवाका लागि सिएमसी, भेलोर भारतबाट न्यूरो सर्जरीमा एमसीएच गरेका प्रोफेसर सर्जनहरु डा. आइपी चेरियन, डा. एम विजोयकुमार, न्यूरोलोजिमा डिएम गरेका प्रा. डा. एनआर हल्दार, एसिस्टेण्ड प्रोफेसर डा. डिल्लीराम काफ्ले लगायतको टीम रहने अस्पतालका निर्देशक डा. राजेश नेपालले बताए।

नोबेल अस्पतालले सुरु गरेको यो खालको न्यूरो सर्जरी सेवा दक्षिण एसियामै पहिलो हुने प्रोफेसर सर्जन डा. आइपी चेरियनले दावी गरे।  

पेन्टेरो माइक्रोस्कोप सार्वजनिक

यसैबीच नोबेल अस्पतालले नेपालमै पहिलो पटक न्यूरो सर्जरी सेवाका लागि चाहिने उच्च प्रविधिसहितको पेन्टेरो ९०० माइक्रोस्कोप थ्रीडी एचडीसहितको प्रविधि सार्वजनिक गरेको छ। उक्त उपकरणको मूल्य ४ करोड १० लाख परेको र अहिलेसम्म नेपालमा प्रयोगमा नआएको अस्पतालका कार्यकारी निर्देशक सुनिल शर्माले दाबी गरे। शर्माले अस्पतालमा हाल न्यूरो सर्जरी सेवालाई विस्तार गरि अत्याधुनिक उपकरण भएको ब्रेन स्वीट, थ्री टेस्ला एमआरआइ, नेभिगेसन सिस्टमसहितको मोडुलर अपरेसन थिएटर पनि निर्माण गरिरहेको जानकारी दिए।

उक्त ब्रेनस्वीट निर्माणका लागि १ अर्ब २० करोडसम्म लागत पर्नसक्ने अनुमान रहेको शर्माको भनाइ छ। अस्पतालले गरिब तथा असहाय बिरामीहरुका लागि मेजर सर्जरीका लागि विशेष सहुलियतमा उपचार गर्ने जनाएको छ।

सम्बन्धित समाचार :

मोरङको नोबेलमा १ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको न्यूरो सर्जरी सेवा, ४० हजारमै शल्यक्रिया

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.