राजनीति

कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध
SHARES

माघ ७, २०७५

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ। कांग्रेसले तनहुँमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र बाँकेमा रहेको पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापना गरिएका अस्पताल संघीय सरकार मातहत नराखेको भन्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको हो।

    सोमबार ११ बजे सुरु भएको बैठकमा कांग्रेसले माग गरे बमोजिम स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले दिएको जवाफ चित्त नबुझेपछि कांग्रेस सांसदहरू उभिएर बैठकको कारबाही अवरुद्ध गरेका हुन्।

    कांग्रेस राष्ट्रियसभा दलका नेता सुरेन्द्र पाण्डेले सरकारको तर्फबाट चित्तबुझ्दो जवाफ नदिएकाले बैठक अवरुद्ध गरेको बताए।  

    बैठक आधा घण्टाका लागि स्थगित भएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]