|

दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजलाई १–१ को बराबरीमा ल्याएको छ। मंगलबार राति भएको खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्‍यो।

डर्बानमा टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तान २०३ रनमा समेटिएको थियो। जवाफमा घरेलु टोली दक्षिण अफ्रिकाले ४८ बल बाँकी हुँदा पाँच विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। दक्षिण अफ्रिकाका लागि हेण्ड्रिक भान डेरले अविजित ८० तथा एडिले लक्कीले अविजित ६९ रनको अर्धशतकीय इनिङस् खेले। त्यस्तै, डेभिड मिलरले ३१ रन बनाए। पाकिस्तानका लागि साहिन साह अफ्रिदीले तीन तथा सादव खानले दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४५ ओभर पाँच बलमा अलआउट हुँदै २०३ रनमा समेटिएको थियो। पाकिस्तानका लागि हसन अलीले ५९ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान सर्फराज अहमेदले ४१ रन जोडे। दक्षिण अफ्रिकाका एडिले लक्की एक्लैले चार विकेट लिए। यस्तै, ताब्राज शामीले तीन र कागीसो राबादाले दुई विकेट लिएपछि पाकिस्तान पुरै ओभर खेल्न असफल भएको थियो।

यसअघि पहिलो खेलमा पाकिस्तानले घरेलु टोलीविरुद्ध पाँच विकेटको जित निकालेको थियो। दुई टिमबीचको तेस्रो एक दिवसीय खेल शुक्रबार हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.