|
युएईविरुद्धको सिरिज जितेपछि नेपाली टीम

काठमाडौं : नेपाल पहिलो आइसिसी एकदिवसीय श्रृंखला जितेसँगै आफूलाई आइसिसीको वरियतामा दर्ज भएको छ।

युएईसँगको तीन खेलको श्रृंखला २-१ ले आफ्नो पक्षमा पारेको नेपाललाई इन्टरनेसनल क्रिकेट काउन्सिलले विश्व वरियतामा राखेको हो। नेपाल आइसिसी वरियताको पुछारमा छ।

आइसिसीको वरियतामा नेपालको रेटिङ १५ छ भने अंक १५२ रहेको छ।

एक दिवसीय वरियता क्रमको शीर्ष स्थानमा इंग्ल्यान्ड छ। उसको रेटिङ १२४ छ भने अंक ६,९३७ छ। वरियता क्रममा भारत दोस्रो स्थानमा, न्यूजिल्यान्ड तेस्रो, दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौं, अष्ट्रेलिया छैठौँ स्थानमा छन्। यस्तै, बंगलादेश सातौं, श्रीलंका आठौं, वेस्ट इन्डिज नवौँ, अफगानिस्तान १०औँ, जिम्बावे एघारौँ, आयरल्याण्ड १२औँ, स्कटल्याण्ड १३ र युएई १४औँ स्थनमा छन्।

सम्बन्धित समाचार:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.