|

काठमाडौं : सशस्त्र प्रहरी बलले हिन्दु देवीदेवाताका नामा रहेका बाहिनी र गण गुल्मको नाम परिवर्तन गर्न थालेको छ। सशस्त्र प्रहरी बल नेपालको नयाँ संरचनासम्बन्धी विस्तृत कार्ययोजना लागू भएपछि विभिन्न देवीदेवताका नामा रहेका कार्यालयको नाम हटाइ अंकमा परिवर्तन गरिएको हो। नयाँ नाम पनि अंककै आधारमा राखिनेछ।

हाल सशस्त्र प्हरीमा ६९ वटा गण गुल्म छन्। जसमध्ये २८ वटा देवतामा नाममा छन् भने बाँकीको नामकरण स्थान र संख्याका आधारमा गरिएको छ। गृह मन्त्रालयले संघीय संरचनाअनुसार सशसत्र प्रहरीको सांगठानिक संरचना परिवर्तन गर्दा  अंकका आधारमा नाम परिवर्तन गरिएको सशस्त्र प्रहरीले जनाएको समाचार नागरिक दैनिकमा छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डिआजी सुरजकुमार श्रेष्ठले एउटै तहका कार्यालयका फरक फरक नाम हुँदा अप्ठ्यारो भएकाले फौजी संरचनाको अन्तर्राष्ट्रिय मापदण्डअनुसार कार्यालयको नाम राखिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.