|

बाँके : होटल व्यवसायी संघ बाँकेको अध्यक्षमा भिमलाल कँडेलको प्यानल निर्वाचित भएको छ। उनी १७८ मत अन्तरले प्रतिद्वन्द्वी उमा डाँगी ग्रान्डनलाई पराजित गरेका हुन्। उनी नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट होटल व्यवसायीका उम्मेदवार हुन्।

कँडेलले ३५६ मत ल्याए। उनका उनको निकटतम प्रतिद्वन्द्वी ग्रान्डनले १७८ मत प्राप्त गरिन्। संघको वरिष्ठ उपाध्यक्षमा रामबहादुर लिम्बु, उपाध्यक्ष टेकनारायण सापकोटा, महासचिवमा रंगबहादुर खड्का, सचिवमा प्रेमबहादुर शाह र कोषाध्यक्षमा टिकाराम खनाल निर्वाचित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.