|
सन्दीपलाई डेब्यु क्याप प्रदान गर्दै कप्तान पारस खड्का

काठमाडौं : नेपालका युवा ब्याट्सम्यान सन्दीप जोराले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक प्रहार गरेका छन्। युएई र नेपालबीच युएईको आइसिसी ग्लोबल एकेडेमी क्रिकेट ग्राउन्डमा भइरहेको तीन खेलको टी-२० को पहिलो खेलमा सन्दीपले ४२ बलमा अर्धशतक (५० रन) प्रहार गरेका हुन्। उनको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो।  

सन्दीपले नेपाल कमजोर स्थितिमा रहेको अवस्थामा नेपालको खेललाई अगाडि बढाइरहेका छन्। सन्दीपसँगै क्रिजमा सोमपाल कामी रहेका छन्।

सन्दीपले युएईमा यसअघि भएको एकदिवसीय खेलका क्रममा नै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। सन्दीपलाई कप्तान पारस खड्काले गत सोमबार भएको युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा 'डेब्यु क्याप' दिएर मैदानमा स्वागत गरेका थिए। 

सन्दीप सुदूरपश्चिम प्रदेशको कंचनपुर जिल्लाका स्थानीय बासिन्दा हुन्। उनका बुबा भारतीय सेनामा कार्यरत छन्। सन्दीपले १७ वर्ष १०३ वर्षको उमेरमा अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.