|

भुपाल थापा

कपिलवस्तु : कपिलवस्तुको तौलिहवा-जितपुर सडकखण्डको जहदी चोकमा स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु भएको छ। 

जहदी चोक नजिकको मोडमा आफैले चलाएको लु २९ प ५७०० नम्बरको स्कुटर अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किँदा प्युठान जिल्ला खलंङ्गा-२ की २८ वर्षीय शान्ति रोका मगरको मृत्यु् भएको हो। 

दुर्घटना भएको देखेपछि स्थानीयले तत्कालै उनको उद्धार गरी जिल्ला अस्पताल तौलिहवा लगिएपनि उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। उनको टाउकोमा गम्भीर चोट लागेर अत्यधिक रक्तश्राव हुँदा मृत्यू भएको प्रहरीको भनाइ छ। 

मृतक मगरको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.