|
File Photo

विश्वकै सबैभन्दा धनी व्यक्ति अमेजनको डटकमका संस्थापक एवं सिइओ जेफ बेजोसले न्याशनल इन्क्वाएरर ट्याब्लोइट पत्रिकाका मालिकले आफूलाई ब्ल्याकमेल गरेको गम्भीर आरोप लगाएका छन्। पत्रिकाका मालिकले आफ्ना गोप्य तस्बिरहरू छाप्ने धम्की दिँदै आफूलाई ब्ल्याकमेल गरेको आरोप बेजोसले लगाएका हुन्।

बेजोस र उनकी श्रीमती म्याकेन्जीले गत महिना आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने घोषणा गरेका थिए। त्यसलगत्तै उक्त पत्रिकाले उनका विवाह बाहिरका सम्बन्धहरूका बारेमा समाचारहरू छापेको थियो।

त्यसको केही समयपछि उक्त पत्रिकाले बेजोस र एक महिलाको अन्तरंग सम्बन्धका तस्बिरहरू आफूसँग सुरुक्षित रहेको दाबी गर्दै उनलाई इमेल पठाएर ब्ल्याकमेलिङ गरेको बताए। उनले एक ब्लग लेख्दै उक्त संस्थाका वकिलले पठाएका ती इ-मेलहरू सार्वजनिक गरेका छन्। बेजोसका अनुसार त्यो म्यागाजिनको संस्थापक कम्पनीले त्यो पत्रिकाले उनको गोप्य तस्बिरहरू कसरी फेला पार्‍यो भन्ने विषयमा अनुसन्धान रोक्न उनलाई दबाब दिएको छ।

पछिल्लो आरोपबारे न्याशनल इन्क्वाएररको संस्थापक कम्पनी अमेरिकन मिडिया इन्कर्पोरेटेड्‌ (एएमआई)ले कुनै प्रतिक्रिया दिइनसकेको बिबिसीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.