|

काठमाडौं : अस्थायी/करार शिक्षक केन्द्रीय संघर्ष समितिले आन्तरिक परीक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

समितिले शनिबार रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरी उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधकारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था मिलाउन सरकारसंग माग गरेको हो। समितिले सेवावाट अवकास लिन चाहने शिक्षकलाई औषधि उपचारको एकमुष्ट रकमसहित ससम्मान बिदा गर्न वरिष्ठ उपाध्यक्ष, अस्थायी/करार शिक्षक केन्द्रीय संघर्ष समितिका वरिष्ठ उपाध्यक्ष गोपाल बस्नेतले आग्रह गरे।

अस्थायी/करार शिक्षकहरुले माग पुरा नभए आगामी २९ गते देखि मुलुकभरका विद्यालयबाट शिक्षकहरुलाई राजधानी झिकाई दबाबमुलक आन्दोलन गर्ने चेतावनी दिएका छन्। संघर्ष समितिका संयोजक हेमनाथ चौलागाईले सरकारले आफूहरूको माग सम्बोधन नगरे आन्दोलमा उत्रने बताए।

संघर्ष समितिले माग सम्बोधनका लागि सरकारलाई दबाब दिन आगामी फागुन २ गते सत्तारुढ दल नेकपाको कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.