|

काठमाडौंः अष्ट्रेलियामा जारी बिगबास लिग नेपाली लेग स्पीनर सन्दीप लामिछानेले तीन विकेट लिएका छन्। सिड्नी सिक्सरका विरुद्ध भएको खेलमा सन्दीपले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए।

सन्दीपको उत्कृष्ट बलिङसँगै मेलबर्न स्टार्सले आजको खेलमा जीत निकालेको छ। मेलबर्नलाई आजको खेल जित्नै पर्ने थियो। अब मेलबर्न अघिल्लो चरणको खेलमा प्रवेश गरेको छ।

१ सय ६९ रनको लक्ष्य पछ्याएको सिड्नी १४ औँ ओभरको खेल खेल्दै गर्दा ७४ रनमा अल आउट भयो। मेलबर्नले ९४ रनको फराकिलो जित निकालेको छ। 

मेलबर्नका लागि ३.४ ओभर बलिङ गरेका सन्दीपले तीन विकेट लिँदै ११ रन मात्रै खर्चिए। मेलबर्नका लागि जाम्पाले २, ओरलले २ विकेट लिए। म्याक्सवेल र ज्याक्सन बर्डले समान १–१ विकेट लिए।

लिग चरणको खेलमा सिड्नीका विरुद्ध जीत निकालेसँगै मेलबर्न सेमिफाइनलमा प्रवेश गरेको छ। आउँदो विहिबार मेलबर्नले सेमिफाइनलमा हुरिक्यान्स टीमसँग खेल्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.