|

रामेछाप : ‘मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनसिप २०७५’ (चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता) को उपाधि गण्डकी प्रदेशले जितेको छ।आइतबार भएको फाइनल खेलमा गण्डकी प्रदेश ‘मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनसिप २०७५’ को विजेता बनेको हो। 

गण्डकी प्रदेश र नमुनादीप युवा क्लवबीच भएको खेलमा २५–२२, २५–२१, २५–१८ को सोझो सेटमा नमुनादीप युवा क्लवलाई पराजित गर्दै गण्डकी प्रदेशले ‘रामेछाप सिभिल च्याम्पियनसिप २०७५’ को उपाधि उचालेको हो।

‘मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनसिप २०७५’ (चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता) को विजेता गण्डकी प्रदेशले ३ लाख नगद शिल्ड, मेडल र प्रमाण-पत्र पाएको छ। त्यसैगरी उपविजेता नमुनादीप युवा क्लव रामेछापले २ लाख रुपैयाँ नगद शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ। त्यसैगरी तृतीय पुरस्कार शान्तिदीप युवा क्लव मन्थली रामेछापले पाएको छ भने सान्त्वना पुरस्कार प्रदेश १ ले पाएको छ।

तृतीय पुरस्कार १ लाख नगद शिल्ड मेडल र प्रमाण-पत्र रहेको थियो भने सान्त्वना पुरस्कार ५० हजार रुपैयाँ नगद, मेडल ट्रफी र प्रमाण-पत्र रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.