|

जनकपुरधाम : प्रदेश २ प्रदेशसभा गठन भएको एक वर्ष एक साता पूरा भएको छ। प्रदेशसभाले यसअवधिमा १७ वटा विधेयक पास गरेको छ। यस्तै, सात वटा छलफल छ भने तीनवटा विधेयक छलफलका लागि दर्ता भएको छ।

प्रदेशसभाले गत आर्थिक वर्ष प्रदेश आर्थिक कार्यविधि विधेयक, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाको शर्तसम्बन्धी कानुनी व्यवस्था गर्न बनेको विधेयक र प्रदेशका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको व्यवस्था गर्न पास गरेको छ। यसैगरी, स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश विनियोजन विधेयक, मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, गाउँ, नगर र जिल्लासभा सञ्चालन कार्यविधि विधेयक पारित गरेको छ।

चालू आर्थिक वर्षको यस अवधिमा छ वटा विधेयक पास भएको छ। प्रदेशसभा सचिवालयका अनुसार प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन, प्रदेश प्रहरी सेवासम्बन्धी, विपद् व्यवस्थापनसम्बन्धी, आकस्मिक कोष सञ्चालन, सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी र प्रशासकीय कार्यविधि पारित भएका छन्। त्यसैगरी मदरसा शिक्षा बोर्ड गठन, गाउँसभा र नगरसभाको कानुन निर्माण प्रक्रिया, संसदको समितिमा थप सात वटा विधेयक छलफलको क्रममा रहेका प्रदेशसभा सचिवालयका उपसचिव रञ्जितकुमार यादवले जानकारी दिए। थप तीन वटा विधेयक प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य, अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश दुग्ध विकास बोर्डको स्थापना गर्न बनेको विधेयक र बालबालिकाको हक अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता भएको छ।

२०७५ जेठ ३ गते सम्म संसदको पहिलो अधिवेशनमा २६ वटा बैठक बसेका थियो। दोस्रो अधिवेशनका ४६ वटा बैठक बसेको छ र हाल दोश्रो अधिवेशन जारी नै रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.