|

डडेल्धुरा : प्रभु बैंक लिमिटेडले डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ मा नवदुर्गा शाखा विस्तार गरेकाे छ। 

संघीय संरचना बमोजिम विभिन्न स्थानीय तहमा शाखा कार्यालय सञ्चालनमा ल्याउने उद्देश्य अनुरुप प्रभु बैंक लिमिटेडले नवदुर्गा गाउँपालिका ४ मा नवदुर्गा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।

आइतबार नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले एक कार्यक्रमकाबीच शाखा कार्यालयको उद्घाटन गरे। गाउँ गाउँमा बैंकिङ पहुँच पुर्‍याउने उद्देश्यका साथ शाखा कार्यालय विस्तार गरिएको प्रभु बैंकले जनाएको छ। उद्घाटनका क्रममा विष्टले बैंकले गाउँ गाउँ पुगेर सेवा विस्तार गरेकोमा खुशी व्यक्त गरे। शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, ब्यापारी, तथा सर्वसाधारण लाभान्वित हुने उनको विश्वास छ।

नवदुर्गामा बैंक स्थापन भएसँगै डडेल्धुराका सबै स्थानीय तहमा बैंकको पहुँच पुगेको छ। डडेल्धुराका गाउँगाउँमा बैंक स्थापनासँगै आर्थिक कारोवार गर्न यहाँका स्थानीयवासीलाई सहज भएको छ। शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजिवीलगायतको उपस्थित रहेको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.