|

अर्घाखाँची : पिक अप  जिपबाट मार्बल झार्ने क्रममा मार्बलले हात च्यापेर अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीका २० वर्षीय कृष्णजंग थापा रहेको प्रहरीले जनाएको छ।

अर्घाखाँचीको सितगंगा–८ जलुके चरङगेमा रहेको अग्नि श्री सिमेन्ट  प्रालिको लु १ च ९४७४ नम्बरको  जिपबाट मार्बल झार्ने क्रममा हात च्यापिँदा थापा गम्भीर घाइते भएको थिए। उनको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.