|
File Photo

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले लापरवाही गरी सवारी साधन चलाउने चालकलाई जन्मकैदको व्यवस्था गर्नुपर्ने बताएका छन्।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको ‘राष्ट्रिय सडक सुरक्षा  कार्ययोजना २०१३ –२० कार्यान्वयन गरियोस् भन्ने सार्वजनिक महत्वको प्रस्ताव’मा आफ्नो धारणा प्रस्तुत गर्दै सांसद बस्नेतले आउँदै गरेको सवारी तथा यातायातको व्यवस्था ऐनमा कडाभन्दा कडा कारवाहीको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।

सांसद बस्नेतले सवारी दुर्घटनामा करिव ९० प्रतिशत चालकको लापरबाहीका कारण हुने गरेको जानकारी गराए। उनले पछिल्लो पाँच वर्षमा प्राकृतिक विपत्ति, भूकम्प, मुलुकमा भएको द्वन्द्व, सवारी दुर्घटना सबैसँग तुलना गर्दै सडक दुर्घटना निकै दुःखद् तथा डरलाग्दो भएको बताउँदै सडक दुर्घटनाको सबैभन्दा बढी सिकार मोटरसाइकल र स्कुटर चढ्ने १८ देखि ३६ वर्षसम्मका युवा हुने गरेको बताए।

पूर्वमन्त्रीसमेत रहेका सांसद बस्नेतले २६ हजार ६२ को तुलना गर्दै भण्डै २४ हजार चार सय ९५ दुर्घटना चालकको लापरवाहीकै कारण भएको तथ्यांक रहेको बताए। मोटरसाइकल र स्कुटरपछि सवारीको लाभ नलिने सामान्य नागरिक दुर्घटनाको सिकार हुनु परेको भन्दै उनले करिव ५० प्रतिशत मोटरसाइकल र स्कुटर तथा करिव ३० प्रतिशत सामान्य नागरिकको मृत्यु हुने गरेको बताए।

दैनिक रुपमा सरदर दुई हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाएको तथ्यांक रहेको बताउँदै सांसद बस्नेतले साइकल तथा सर्वसाधारण हिड्ने छुट्टै लेनको निर्माण गरी दुर्घटना न्यूनीकरण गर्नुपर्नेमा समेत जोड दिए। उनले चालकको अनुमतिपत्र वितरण प्रकृयामा भएको लापरवाही पनि सवारी दुर्घटना हुनुको अर्को कारण भएको बताउँदै त्यसलाई व्यवस्थित तथा प्रभावकारी बनाउनुपर्ने बताए।

सार्वजनिक महत्वको प्रस्ताव सरकारको पक्ष वा विपक्षभन्दा पनि आम नेपालीको पक्ष रहेको बताउँदै उनले पछिल्लो समय टिपरका कारण नागरिकमा उत्पन्न भएको आतंकलाई न्यूनीकरण गर्ने पर्नेमा जोड दिए। उनले टिपरले ल्याउने वालुवा रोडाले वातावरण प्रदूषणमात्र नभई सडक दुर्घटना हुने अर्को मूख्य कारण भएको बताए।

टिपर आतंकको समस्या समाधानको लागि सहरभित्र टिपर आउनलाई नदिन, व्यवस्थित सहर तथा भवन निर्माणको लागि कङ्क्रीट रेडी मिक्सको प्रयोग गर्नुपर्ने, जसका कारण दुर्घटना कम हुनाको साथै वातावरण प्रदूषणसमेत कम हुने बताए। उनले भत्तपुरमा सञ्चालन भएको अरनिको राजमार्ग सफाई अभिययान तथा हनुमन्ते नदी सफाईको अभियानले जनचेताको विकास गरी केही मात्रामा दुर्घटना न्यूनीकरण भएको बताउँदै सडक निर्माणको साथसाथै सडक सैन्दर्य, सडक सरसफाई, धुलो, हिलो लगायतलाई व्यवस्थापन गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.