|

काठमाडौं :  भारतीय नागरिक अमितकुमार सहनी विरुद्ध विदेशी मुद्रा तथा राजस्व अपचलन गरेको भन्दै राजस्व अनुसान्धान विभागले मुद्दा दायर गरेको छ। विभागले ३६ करोड १ लाख रुपैयाँ विगो सहित मुद्दा दायर गरेको हो। 

सहनीले आर्थिक वर्ष २०६७/०६८ देखि चालु आर्थिक वर्षसम्ममा नौ करोड ६१ लाख रुपैयाँ बराबरको भन्सार राजस्व छली गरेको, तीन करोड १३ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर र दुई करोड २० लाख रुपैयाँ आयकर छली गरेको ठहर गरेको छ। 
यसैगरी विनिमयतर्फ ६ करोड ११ लाख रुपैयाँ विगो दावी गरिएको विभागले जनाएको छ। सहनीले विभिन्न समयमा सामान आयात गर्दा गैरकानुनी तबरले काम गरेको अनुसन्धानबाट देखिएको जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.