|
File Photo

काठमाडौं : काठमाडौं जिल्ला अदालत बबरमहलमा फाँट नम्बर २६ मा कार्यरत नायव सुब्बा भोलानाथ चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका चालिसेविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। सवारी ज्यान मुद्दा सहज गराइ दिने भनी विभिन्न बहानामा सेवाग्राहीसँग घुस रकम लिएको अवस्थामा आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले उनलाई वन परिसर बबरमहल काठमाडौंबाट नियन्त्रणमा लिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.