|

काठमाडौं : केही दिनअघि एकीकरण भएर गठित राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति सम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीले राजा र हिन्दु राष्ट्र कायम गर्ने लक्ष्य राख्दै बुधवार पदबहाली गरेका छन्।

चाबहिलस्थित पार्टी कार्यालयमा पदबहालीपछि दुई अध्यक्षद्वारा जारी विज्ञप्तिमा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र कायम गर्ने र सबै पक्षलाई चित्त बुन्ने सहमति र साझा संस्थाको रूपमा राजसंस्थासहितको प्रजातन्त्र पुनर्बहाली गर्ने उद्देश्य र प्रतिबद्धतासहित अध्यक्षको पदभार ग्रहण गरेको जनाइएको छ। त्यसैगरी उदार अर्थतन्त्र र असंलगन् परराष्ट्रनीति अँगाल्ने पनि दुई अध्यक्षले जनाएका छन्।

बहालीपछि नेता ध्रुवबहादुर प्रधानको संयोजकत्वमा पाँच सदस्यीय केन्दीय सचिवालय गठन गरिएको छ।

बुधवार नै राप्रपा संयुक्तले ६ सदस्य प्रचार विभाग गठन गरेको छ। विभागको संयोजकमा राजेन्द्र गुरुङ र सदस्यहरूमा संचारकर्मी किरण गिरी, जनकराज पाठक, सगुनसुन्दर लावती, सुदर्शन सिलवाल र रविन चाम्लिङलाई राखिएको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.