|

दमक, (झापा) : झापाको दमकमा मंगलबारदेखि होटल व्यवसायी संघको आयोजनामा पाँचौं दमक फुड फेस्टिबल तथा साँस्कृतिक पर्यटन महोत्सव शुरु भएको छ। महोत्सवलाई लक्षित गरि दमक चोकबाट महोत्सवस्थल दमक –७ स्थित सयपत्री टोलसम्म विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिएको छ। फागुन १२ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन शत्रमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरियो।

महोत्सव व्यवस्थापन मुल समितिका संयोजक सुधिर प्रधानका अनुसार महोत्सवमा करीब १५० वटा खानाका तथा व्यावसायिक स्टलहरु रहनेछन्। महोत्सवमा दमकको प्रथम नागरिक घोषित धिमालका अतिरिक्त गुरुङ, तामाङ, मगर, लिम्बू, राई लगायतका जातजातिका परम्परागत खानेकुराका छुट्टाछुट्टै स्टल राखिएका छन्।  दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट गीत-संगीत प्रस्तुत गरिनुका साथै कम्तीमा २० जातजातिको परम्परागत खानेकुरा आकर्षणका रुपमा रहेका महोत्सव आयोजक होटल व्यवसायी संघ दमकका अध्यक्ष राजन दंगालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.