|

काठमाडौं : राष्ट्रियसभा बैठकले राष्ट्रियसभा नियमावली,२०७५ संशोधन मस्यौदा समितिको समयावधि १५ दिनका लागि थप गरेको छ। 

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले समितिको म्याद थपसम्बन्धी प्रस्ताव पेश गरेका थिए। सो प्रस्तावलाई सांसदद्वय वृन्दादेवी आलेमगर र प्रमिला कुमारीले समर्थन जानएका थिए।

राष्ट्रियसभाको विसं २०७५ पुस १३ गते बसेको बैठकले सो मस्यौदा समिति गठन गरेको थियो। समितिको पहिलो बैठक पुस २९ गते बसेको थियो । समितिको समयावधि हालै समाप्त भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.