|

कैलाली : कञ्चनपुरबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ। कञ्चनपुरको पुर्नवासबास नगरपालिका २ दशरथ बस्तीस्थित शंकर विकको घरबाट सुन बरामद गरिएको हो। 

केन्द्रीय अनुसन्धान व्यूरो, अपराध अनुसन्धान महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुको टोलीले सुन बरामतद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए। बिहीबार बिहान करिब ११ बजे सुन बरामद गरिएको उनले बताए। घरमा लुकाएर राखेको अवस्थामा १०८ टुक्रा सुनको बिस्कुट फेला परेको प्रहरीले जनाएको छ।

अनुसन्धानको लागि २ जना पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ। पक्राउ गरिएको व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन। उनीहरू भरिया रहेको स्रोतले जनाएको छ। काठमाडौं हुँदै सुन कञ्चनपुर ल्याइएको स्रोतको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.