|

बाग्लुङ : बाग्लुङमा बाग्लुङमा पशुमा कृतिम गर्भाधान गराउने किसानको संख्या बढ्दै गएको छ। यस विधिबाट जन्मिएका बाच्छाबाच्छी र पाडापाडीको नश्ल सुधार हुने र दूध तथा मासुको गुणस्तरमा वृद्धि हुने भएकाले किसानको आकर्षण बढेको हो। 

पछिल्लो समय यस क्षेत्रका किसान व्यावसायिक पशुपालनमा आकर्षित भएसंँगै नश्ल सुधारमा समेत वृद्धि भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाग्लुङका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. नारायणप्रसाद शर्माले बताए। उनलभे भने, ‘गाउँमा बिउका लागि राँगा, गोरु र बोका पाउन मुस्किल भएपछि पछिल्लो समय पशुको कृतिम गर्भाधानप्रति किसान आकर्षित भएका हुन्।’

कृतिम गर्भधान गर्दा गर्भ नतुहिने, बच्चालाई रोग नलाग्ने, त्यस्ता गाईवस्तु दुधालु हुने भएसँगै यसप्रविधिप्रति किसान आकर्षित हुँदै गएको वरिष्ठ पशु विकास अधिकृत डा. शर्माको भनाइ छ। भेटेनरी अस्पतालका अनुसार बाग्लुङमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा एक हजार ७४६ गाई र भैँसीमा कृतिम गर्भाधान सेवा प्रदान गरिएको छ। जसमध्ये एक हजार ३० गाई र ७१६ भैँसीलाई रहेका छ।

बाग्लुङको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाग्लुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका, बडिगार्ड गाउँपालिका र ढोरपाटन नगरपालिकामा कृतिम गर्भाधान सेवा उपलब्ध रहेको पशु प्राविधिक केशव पौडेलले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.